प्रचण्ड अस्पताल भर्ना
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।
प्रचण्डको सचिवालयका अनुसार उनको रक्तचाप बढेपछि अस्पताल लगिएको थियो । ‘धपेडीले गर्दा रक्तचाप बढेको पाइयो । डाक्टरहरूले केही समय अस्पतालमा नै आराम गर्न सुझाव दिनुभएको छ,’ सचिवालयका एक सदस्यले जानकारी दिए ।
रुघा खोकिसहितको समस्या देखिएपछि प्रचण्ड शुक्रबार पार्टी केन्द्रीय कमिटीको भर्चुअल बैठकमा समेत सहभागी भएका थिएनन्। बिरामी परेसँगै प्रचण्डले केही दिनदेखि भेटघाटका बन्द गरेका थिए ।

बाइलाइन नेपाल











