पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया फाइनलमा

बाइलाइन नेपाल
२६ कार्तिक २०७८, शुक्रबार ०८:१३

मार्कुस स्टोइनिस र म्याथु वेडको उत्कृष्ट ब्याटिङमा अस्ट्रेलिया टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै अस्ट्रेलिया दोस्रोपकट विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो ।

मोहम्द रिजवान र फकर जमानको अर्धशतकमा पाकिस्तानले जितका लागि दिएको १७७ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर १७७ रन बनायो ।

अस्ट्रेलियाका लागि डेभिड वार्नरले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै, म्याथु वेडले ४१ रनको योगदान गर्दा मार्कुस स्टोइनिसले ४० रनको योगदान गरे ।

अस्ट्रेलियाका लागि मिचेल मार्सले २८ रनको योगदान गरे । बलिङतर्फ पाकिस्तानका लागि साहव खानले सर्वाधिक ४ विकेट लिए । त्यस्तै साहेन अफ्रिदीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानका लागि ५२ बल खेलेका रिजवानले ३ चौका र ४ छक्का प्रहार गर्दै ६७ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै, ३२ बल खेलेका फकर जमानले ३ चौका र ४ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय पारी खेले ।

पाकिस्तानका कप्तान बाबर आजमले ३४ बलमा ३९ रनको योगदान गरे ।

बलिङतर्फ अस्ट्रेलियाका लागि मिचेल स्टार्कले दुई विकेट लिए । त्यस्तै, प्याट कमिन्स र आदम जाम्पाले समान एक–एक विकेट लिए ।

अब अस्ट्रेलियाले फाइनल खेलमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*