हेटौंडाको नवलपुरमा ट्रक र बस ठोक्किदा २ को मृत्यु
हेटौंडा । ट्रक र बस एक आपसमा ठोकिँदा मकवानपुरमा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।
जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना ७ ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ ख ५०३५ नम्बरको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका दुई यात्रुको घटनास्थलमै मृत्यु भएको हो।
मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए। उनले बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताए ।

बाइलाइन नेपाल











