प्रधानन्यायाधीशले बोलाएको न्याय परिषद् बैठकमा बार नजाने
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्याय परिषद् र न्याय सेवा आयोगको बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारको सोमबार बसेको बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा नजाने निर्णय गरेको हो ।
साथै बैठकले प्रधानमन्त्री र दलहरुले अहिलेको अवस्था अवगत गराउने र अदालतबाट दंगा प्रहरी हटाउन माग गर्ने निर्णय गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

बाइलाइन नेपाल











