हिमाली भू–भागमा हिमपातको सम्भावना

बाइलाइन नेपाल
२२ कार्तिक २०७८, सोमबार ०८:०७
फाइल तस्वीर

आज पनि देशका केही भागमा हिमपातको सम्भावना रहेको छ । बिहान देशभर आंशिक बदली रहेको मासमी प्रणाली अनुसार दिउँसो तथा राति केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज दिउँसो देशका प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्ले जानकारी दिए ।

आज राति देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।केही दिनदेखि मौसम देशभर एकै खालको छ । प्रदेश १ र गण्डकी प्रदेका केही भागमा छिटपुट वर्षा र यी प्रदेशका थोरै हिमाली भू–भागमा हल्का हिमपात भइरहेको छ ।

हाल नेपालमा अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसैबीच, आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजे काठमाडौंको तापक्रम ९.८ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् प्रधानाङ्ले जानकारी दिए । उनका अनुसार काठमाडौंमा आज दिउँसो तापक्रम २२–२४ डिग्री सेल्सियससम्म पुग्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*