नेवारपानीमा बसले ठक्कर दिंदा दुई जनाको ज्यान गयो, बसमा आगजनी

बाइलाइन नेपाल
२१ कार्तिक २०७८, आईतवार ०७:३६

हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ स्थित नेवारपानीमा शनिबार बसले ठक्कर दिंदा दुई जनाको ज्यान गएको छ । बसको ठक्करबाट ९ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राति करिब १० बजे देउसी खेल्दै हिँडेका पैदल यात्रुलाई ठक्कर दिँदा २ जनाको गएको थियो । बसको ठक्करबाट मृत्यु हुनेमा हेटौंडा–१९ का २० वर्षीय सुरज विष्ट र चितवनको पिप्ले स्थायी निवासी ३४ वर्षीय प्रेमबहादुर सिं ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

घटना पछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका थिए । बस पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ । जसका कारण केी समय राजमार्ग समेत अवरुद्ध बन्न पुगेको थियो । हेटौंडाबाट नारायणगढ तर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसको ठक्करबाट घाइते भएका ९ जनाको उपचार भइरहेको छ ।

घाइतेहरुमध्ये एक जना सामान्य घाइतेको उपचारपछि राति नै घर पठाइएको छ भने बाँकी ८ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेहरुमध्ये ५ जनाको हेटौंडाको चुरेहिल अस्पताल र ३ जनाको भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*