आमभञ्ज्याङले जित्यो जिल्ला स्तरिय भलिबलको उपाधि

राजकुमार केसी
१९ कार्तिक २०७८, शुक्रबार २०:२६

थाहानगर । बिनयबाबु स्मृति प्रतिष्ठान थाहा नगरपालिकाले आयोजना गरेको बिनयबाबु स्मृति रनिङ शिल्ड जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आमभन्ज्याङ युवा क्लब मकवानपुरगढीले जितेको छ ।

शुक्रबार थाहा– २ मा रहेको खेल मैदानमा भएको फाइनल खेलमा आमभन्ज्याङ युवा क्लबले आयोजक बिनयबाबु स्मृति प्रतिष्ठानलाई २५–१८, २६–२४, १५–२५, २७– २५ को सेटमा पराजित गरि उपाधि चुमेको हो ।

उपाधि जितेसंगै आमभन्ज्याङ युवा क्लबले ५१ हजार ५१ रुपैयाँ नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै उपबिजेता आयोजक बिनयबाबु स्मृति प्रतिष्ठानले २६ हजार २६ रुपैयाँ नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी आमभन्ज्याङका बिशाल गोपाली, उत्कृष्ट स्पाइकर आयोजकका सबिन कार्की, उत्कृष्ट सेटर आमभन्ज्याङका अजय माझी, उत्कृष्ट ब्लकर आयोजकका मनिश लामा, उत्कृष्ट डिफेण्डर आमभन्ज्याङका रोशन गोपाली, उत्कृष्ट कोच आमभन्ज्याङका रन्जन अमात्य, उदयमान खेलाडी आमभन्ज्याङका अमृत तिमिल्सिना घोषित भएका थिए ।

प्रतियोगिता समापन समारोहकै क्रममा शिक्षा तथा खेलकुदको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका जनकल्याण माबि पालुङका प्रधानध्यापक सानोभाई कार्कीलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

प्रतियोगिताको समापन समारोह नेकपा एमाले थाहा नगर कमिटी अध्यक्ष अच्युतमप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको थियो । समारोहका मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईं, थाहा नगरपालिका वडा नं. २ का अध्यक्ष गुप्तबहादुर कार्की, जनकल्याण माविका प्रधानाध्यापक सानोभाई कार्कीको आतिथ्यता रहेको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष शेखर कार्कीले सहजीकरण गरेको कार्यकमको अध्यक्षता शंकर कार्कीले गरेका थिए । कात्तिक १६ देखि भएको भलिबल प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*