साविकको विजेता वेस्ट इन्डिज बाहिरियो

बाइलाइन नेपाल
१९ कार्तिक २०७८, शुक्रबार ०८:२०

साविकको विजेता वेस्ट इन्डिज टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणबाटै बाहिरिएको छ । बिहीबार भएको खेलमा वेस्ट इन्डिज श्रीलंकासँग २० रनले पराजित हुँदा प्रतियोगिताबाट बाहिरिएको हो ।

सन् २०१६ को विश्वकप क्रिकेटको उपाधि जित्न सफल वेस्ट इन्डिज पहिलो चरणबाटै बाहिरिएको हो । शेख जायद क्रिकेट स्टेडियममा श्रीलंकाले दिएको १९० रनको लक्ष्य वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १६९ रन बनायो ।

वेस्ट इन्डिजका लागि सिमरन हेटमायरले ८१ रनको अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे ।

त्यस्तै निकोलश पुरानले ४६ रनको योगदान गरे । वेस्ट इन्डिजका लागि त्यसबाहेकका ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १८९ रन बनायो ।

श्रीलंकाका लागि चारिथा अशलंकाले ६८ रनको अर्धशतकीय पारी खेले । ४१ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै ४१ बल खेलेका पाथुम निशंकाले ५ चौकाको सहयोगमा ५१ रनको अर्धशतकीय पारी खेले ।

बलिङतर्फ वेस्ट इन्डिजका लागि आन्द्रे रशलले दुई विकेट लिए । त्यस्तै डेवेन ब्राभोले एक विकेट लिए ।

जितसँगै श्रीलंकाले प्रतियोगिताको शुखद अन्त्य गरेको छ । सुपर १२ मा ५ खेल खेलेको श्रीलंकाले ४ अंक जोडेर तालिकाको चौथो स्थानमा रह्यो ।

शीर्ष स्थानमा रहेको इग्ल्यान्डको ४ खेलबाट ८ अंक जोडेको छ । पराजित वेस्ट इन्डिजले ४ खेलबाट २ अंक जोडेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*