आज ३५६ जनामा कोरोना संक्रमण हुँदा ५१८ जना संक्रमणमुक्त

बाइलाइन नेपाल
१८ कार्तिक २०७८, बिहीबार १७:४४

पछिल्लो २४ घण्टामा थप ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार २ सय ५९ जनाको पीसीआर परीक्षण गर्दा २८७ जना र ३ हजार १ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ६९ जना गरी ३५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ५१८ जना निको भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार ९१० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ भने ७ लाख ९३ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ८९० जना रहेका छन् । जसमध्ये ८ हजार २३३ जना होम आइसोलेसनमा रहेका छन् भने ६५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २१५जना आईसीयू र ५७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ८४, ललितपुरमा ३४, मोरङमा २३, सुनसरी र भक्तपुरमा १ढर१९ जना, रुपन्देहीमा १७ र कास्कीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*