श्रीकृष्ण आदर्शमा देउसीभैलो

बाइलाइन नेपाल
१८ कार्तिक २०७८, बिहीबार ०७:३५

हेटौंडा–९ स्थित कृष्ण आदर्श इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलले तिहारको अवसरमा देउसीभैलोसहित विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

मंगलबार विद्यालय प्राङ्गणमा शिक्षक, विद्यार्थी, अभिभावकलगायतको सहभागितामा देउसीभैलोसहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । विद्यार्थीलाई मौलिक संस्कृतिको बारेमा ज्ञान दिने तथा मनोरञ्जनको लागि कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल नविन केसीले जानकारी दिए । देउसीभैलोमा संकलन भएको रकमले विद्यालयको पुस्ताकाय विस्तार गर्ने उनले बताए ।

कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक देउसीभैलो सहित धिमाल नाँच, तामाङ सेलो, कौडा नाचलगायतका प्रस्तुति दिएका थिए । हेटौंडा–९ का वडाध्यक्ष लक्ष्मण भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य मदन दाहाल, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा(९ का अध्यक्ष राम विष्ट, इलाका प्रहरी कार्यालय पशुपतिनगरका डिबी श्रेष्ठ, सानिमा जेनरल इन्स्योरेन्सका प्रबन्धक अर्जुन सुवेदी, हिमालयन बैंकका शाखा प्रबन्धक अनन्त चालिसे, प्रुडेन्सियल इन्स्योरेन्स हेटौंडा प्रमुख गणेश थापालगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*