मुजिब र रासिदको उत्कृष्ट बलिङमा अफगानिस्तानको सुखद सुरुवात

बाइलाइन नेपाल
९ कार्तिक २०७८, मंगलवार ०७:२८

मुजिब उर रहमानले पाँच विकेट लिँदा अफगानिस्तानले स्कटल्यान्डमाथि सहज जित निकाल्दै टी–ट्वान्टी विश्वकप क्रिकेटमा सुखद सुरुवात गरेको छ ।

सारझा क्रिकेट स्टेडियममा ४ ओभर बलिङ गरेका मुजिबले २० रन खर्चेर ५ विकेट लिए । अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछएको स्कटल्यान्डलाई १० ओभर २ बलमा ६० ओभरमै समेट्न राशिद खानले ४ विकेट लिए ।

त्यस्तै नाविम उलहकले १ विकेट लिए । ब्याटिङमा स्कटल्यान्डका लागि गोर्गे मोन्सेले २५ रन बनाउँदा क्रिस ग्रेभास १२ र केल कोट्रेजले १० रन बनाए ।

स्कटल्यान्डका लागि त्यसबाहेकका ब्याटरले दोहोरो रन जोड्न नसक्दा अफगानिस्तानले १३० रनको जित निकाल्न सफल भयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नाजिवउल्लाह जर्दानको अर्धशतकको सहयोगमा स्कटल्यान्डलाई १९१ रनको लक्ष्य दिएको छ ।

३४ बल खेलेका जर्दानले ५ चौका र ३ छक्का प्रहार गरे । अफगानिस्तानका लागि हर्जतउल्लाह जाजाइले ४४ रनको योगदान गरे । त्यस्तै ३७ बल खेल्दै रहमानउल्लाह गुरुवाजले ४६ रन बनाए । मोहमद साहजादले २२ रन बनाउँदा मोहम्द नावीले ११ रन जोडे ।

यता स्कटल्यान्डलका लागि साफ्यान सारिफले दुई विकेट लिए । त्यस्तै जोस डेभे र मार्क वाटले समान एक–एक विकेट लिए ।

जितसँगै अफगानिस्तानले समूह–२ मा २ अंक जोडेको छ । यता स्कटल्यान्डले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*