नेपालमा २१ प्रतिशतले लगाए पूर्ण खोप

बाइलाइन नेपाल
३ कार्तिक २०७८, बुधबार ०७:२३
फाइल तस्वीर

नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ५० लाखभन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक करोड ५० लाख ४८ हजार २८८ जनाले खोप लगाइसकेका छन् । जसमध्ये ६४ लाख ८५ हजार ९२३ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् भने एक मात्रा मात्रै लगाउनेको सङ्ख्या ८५ लाख ६२ हजार ३६५ छ ।

यस्तै नेपालको कुल जनसङ्ख्यामा २१ प्रतिशतभन्दा बढीले पूर्ण मात्रा खोप लगाइसकेका छन् भने २८ प्रतिशत बढीले पहिलो मात्रा लगाएका छन् । १८ वर्षमाथिका लक्षित समूहमा ४३ प्रतिशतले कम्तीमा पहिलो डोज र ३२.६ प्रतिशतले पूर्ण डोज खोप लगाएका छन् । १५ वर्ष माथिका दुई करोड १७ लाखभन्दा बढीलाई खोप लगाउने लक्ष्य सरकारले लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*