नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्कदै

बाइलाइन नेपाल
१ कार्तिक २०७८, सोमबार ०८:०१

साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम आज (सोमबार) नेपाल आइपुग्ने भएको छ ।

माल्दिभ्समा आयोजना भएको साफ फुटबलमा नेपाली टोली पहिलोपटक फाइनलमा पुगेर भारतसँग पराजित भएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले उपविजेता नेपाली टिम सोमबार बिहान नेपाल आइपुग्ने जनाएको छ । नेपाली टिम बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने छ ।

नेपाल फाइनलमा भारतसँग ३–० ले पराजित भएको थियो । नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो । पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*