आज एकादशी, देशका अधिकांश भूभागमा टीका-जमरा लगाउने क्रम जारी

बाइलाइन नेपाल
३० आश्विन २०७८, शनिबार ०७:३०
फाइल तस्वीर

बडादशैंको एघारौं दिन एकादशी, मुलुकका पूर्वी र मध्यसहित अधिकांश भू-भागमा आज पनि टीका लगाउने क्रम जारी छ । आफन्त र मान्यजनबाट टीका, जमरा ग्रहण आशीर्वाद लिन जानेको चहलपहल शनिबार बिहानै देखिएको छ ।

घरमा टीका, जमरा ग्रहण गरेर मामाघर, ससुरालीलगायत आफूभन्दा ठूला मान्छेको हातबाट टीका थाप्न जानेको चहलपहल सडक एवं सार्वजनिक यातायातमा देखिन थालेको छ ।

योसँगै महाअष्टमी र महानवमीमा सुनसान भएको राजधानीमा सार्वजनिक र निजी यातायात केही बढी गुड्न थालेका छन् । कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक २ गतेसम्म टाढा टाढा रहेका मान्यजनकहाँ पुगी नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा ग्रहण गर्ने क्रम जारी रहन्छ ।

त्यसै दिन सबै बलिपूर्ति भएपछि टीका लगाउने क्रम अन्त्य हुन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा त्यस दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो बडादशैँ अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*