भारतको न्यून चापीय र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव, नेपालमा पुनः वर्षा

बाइलाइन नेपाल
३० आश्विन २०७८, शनिबार ०७:१५

हाल भारतको आन्ध्र प्रदेश तथा ओडीसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले शनिवारबाट नेपालमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरूमा हल्का देखि मध्यम वर्षा र केही स्थानहरूमा मेघ गर्जन/चट्याङ/हावाहुरी सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

साथै उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हिमपातको पनि सम्भावना रहेको छ। महाशाखाले सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिई सजग रहन अनुरोध गरेको छ। विशेषतः यात्रा तथा कृषि कार्य गर्दा सजग रहन महाशाखाको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*