केही स्थानमा हल्का वर्षाको सम्भावना

बाइलाइन नेपाल
२९ आश्विन २०७८, शुक्रबार ०७:००

प्रदेश नम्बर–१ र वाग्मती प्रदेशको पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पूर्वी भूभागमा उत्तरपश्चिमी बंगालको खाडीमा अवस्थित निम्नचापीय प्रणालीको आंशिक प्रभाव छ । अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश–१, प्रदेश नम्बर–२ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र वाग्मती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश–१, प्रदेश–२, वाग्मतीमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*