साफ च्याम्पियनसिपमा भारतले नेपाललाई हरायो

बाइलाइन नेपाल
२५ आश्विन २०७८, सोमबार ०६:५३

सुरुबाट रक्षात्मक रणनीतिमा उत्रिएको नेपाल आज साफ च्याम्पियनसिपमा चिर प्रतिद्वन्द्वी भारतसँग १–० ले पराजित भएको छ ।

प्रतियोगितामा सबैभन्दा धेरै उपाधि जितेको भारतको जितमा नेपाली मुलका सुनिल क्षेत्रीले ८३औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । कप्तान सुनिलले फरुख चौधरीको हेडिङ पासमा ६ यार्ड बक्सबाट होनेको लेफ्ट फुटे सर्टलाई नेपालका गोलकिपर किरण चेमजोङले बचाउन सकेनन् । सुनिलको त्यही गोल भारतलाई महत्वपूर्ण तीन अंक जोड्न पर्याप्त बन्यो ।

यससँगै भारतलाई प्रतियोगिताबाट बाहिर पठाउने राम्रो अवसर नेपालले गुमाएको छ । दुई खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा रहेपनि नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आज रक्षात्मक रणनीति अपनाएका थिए । उनले पहिलो रोजाइमा पाँच रक्षक राखेका थिए ।

अधिकांश समयमा आफ्नो बक्समा खेलेको नेपालले काउन्टर अट्याकमा गोल गर्ने केही अवसर पाएपनि आफैँबीच तालमेल मिलाउन नसक्दा विपक्षी पोस्टमा आक्रमण बुन्न सकेन ।

भारतका कप्तान सुनिल क्षेत्रीले १९औँ मिनेटमा गोलको राम्रो अवसर खेल फालेका थिए । सुनिलको प्रहारलाई नेपालका गोलकिपर किरण चेमजोङले बचाइदिएका थिए । सुनिलले ३४औँ मिनेटमा पनि गोलको अवसर खेर फाले । दायाँ भागबाट सुरेश सिंहले गरेको क्रसलाई सुनिलले खाली पोस्टमा गोल गर्न चुके । ४३औँ मिनेटमा भारतका मानबिर सिंहले पनि गोलको अवसर गुमाए । सुनिलले हेडमार्फत दिएको पासलाई सिंहले ६ यार्ड बक्सभित्र राम्रोसँग नियन्त्रणमा लिन नसक्दा गोल गर्न चुके ।

दोस्रो हाफको सुरुमै प्रशिक्षक नेपालका प्रशिक्षक अल्मुताइरीले मनिष डाँगीको स्थानमा अञ्जन विष्टलाई मैदान छिराए । अञ्जनले आफ्नो प्रभाव देखाएपनि गोल गर्न भने सकेन ।

५७औँ मिनेटमा भारतका यासिर मोहम्मदको क्रसमा मानबीर सिंहको हेडिङ प्रहार नेपालका किरण चेमजोङले बचाएका थिए । ७७औँ मिनेट सुबासिस बोसको हेडिङ प्रहार सिधै किरणको हातमा परेको थियो । नेपालले अब अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*