यस्तो रहनेछ आजको मौसम

बाइलाइन नेपाल
२ आश्विन २०७८, शनिबार ०७:०४

शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का एक दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै राति देशभर बदली रही प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

हाल भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव नेपालको मौसममा रहेको महाशाखाले जनाएको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको पनि जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*