एमालेभित्र गणतन्त्र सिध्याउन खोज्नेको जमात छः पाख्रिन

राजकुमार केसी
२९ भाद्र २०७८, मंगलवार १९:५४

हेटौंडा । नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन (पृथक) ले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, दलित, गरिब, र सुकुम्बासीहरुको मुक्ति र अधिकारको निम्ति लड्ने पार्टी माओवादी मात्र भएको बताएका छन् । ‘

माओवादी केन्द्र कैलाश गाउँपालिका ६ नम्बर वडा कमिटीको आयोजनामा वडा स्तरीय जनवर्गिय संगठनको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाख्रिनले जनताको साथमा रहने पार्टी माओवादी मात्र भएको बताएका हुन् ।

उनले एमालेसँगको एकता त्यस वर्गको अधिकारलाई संस्थगत गर्नको निमित्त भएको बताए । तर एमाले मुख्य नेतृत्व कम्युनिष्ट होइन रहेछ’, उनले भने, ‘नेकपा एमालेसँगको एकता गलत थिएन् । एमाले नेतृत्व गलत हुँदा एकता सफल भएन् ।’

एमालेभित्र जनताको लोकतान्त्रिक गणतन्त्रलाई नै बदनाम गराएर सिध्याउन खोज्ने जमात रहेको दाबी गर्दै पाख्रिनले व्यक्तिलाई धुरी बनाउनेहरु, जयजयकार गर्नेहरु,‘आइ लभ यु बा’ भन्नेहरुको जामत कम्युनिष्ट नभएको बताए । त्यस्ता पात्रहरुबाट देश विकास र समृद्धि असम्भव रहेको उनको भनाई छ ।

समाजवाद उन्मुख संवैधानिक संघीय गणतान्त्रिक व्यवस्थालाई संस्थागत विकास र समृद्धि गराउन वडा र गाउँलाई माओवादीमय बनाउने अभियानमा लाग्न उनले नेता कार्यकर्ताहरुलाई आग्रह गरे । माओवादी विचारबाट मात्रै वडा र गाउँ विकास र समृद्धि सम्भव रहेको पाख्रिनले बताए ।

भेलाले जीवन मोक्तान अध्यक्ष रहनेगरी २५ सदस्यीय वडा वाइसीएल कमिटी घोषणा गरेको छ । कमिटिको उपाध्यक्षमा राम बहादुर पाख्रिन, सचिवमा गणेश घलान, सह–सचिवमा देविन्द्र थापा मगर, कोषाध्यक्षमा सुष्म रुछाल मगर, सदस्यहरुमा डम्बर बहादुर घले, सहादेव कार्की, प्रशान्त वाइबा लगायत रहेका छन् ।

वडा पार्टी कमिटी अध्यक्ष तुलराज दर्लामी मगरले सञ्चालन गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्र कैलाश गाउँपालिका कमिटी इन्चार्ज बाल कुमार मल्ल, गाउँपालिका अध्यक्ष लालसिं गुरुङ, सदस्य बुद्धिराज गिरी, अमर घले, वाइसीएल गाउँपालिका कमिटी अध्यक्ष मिलन तामाङलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*