कस्तो रहला आजको मौसम ?

बाइलाइन नेपाल
२९ भाद्र २०७८, मंगलवार ०७:१४

हाल नेपालमा भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २ र सुदूर पश्चिम प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदलीसहित थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको छ ।

मंगलबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बुधबार देशभर सामान्य बदली रही प्रदेश नं १ , प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका केही भूभागमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बिहीबार पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*