सल्टेन संसद्को गतिरोध

बाइलाइन नेपाल
२८ भाद्र २०७८, सोमबार ०६:५८

सभामुख अग्नि सापकोटाले संसद्को अवरोध हटाउन गरेको आग्रहलाई विपक्षी दल एमालेले अस्वीकार गरेको छ। कारबाही गरेका १४ सांसदलाई पद मुक्त नगरी पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले भदौ २३ बाट लगातार संसद् अवरोध गरिरहेको छ। अवरोधबीच सभामुख सापकोटाले संसद्मा सरकारको बिजनेस अघि बढाएपछि एमाले झनै रुष्ट छ। आइतबार पनि अवरोध गरेपछि सभामुख सापकोटाले एमाले नेताहरूसँग छलफल गरेका थिए। उनले अवरोध हटाउन आग्रह गरे। तर, सभामुखले गल्ती स्वीकार गरेर १४ जनालाई कारबाहीको सूचना ननिकालेसम्म अवरोध कायमै राख्ने एमालेले अडान राख्यो।

‘१४ जनालाई पदमुक्त गर्न ढिला भएकोमा माफी माग्दै सभामुखज्यूले सूचना प्रकाशित नगरेसम्म संसद् अवरोध कायमै राख्ने जानकारी गरायांै,’ प्रमुख सचेतक विशाल भट्टराईले अन्नपूर्णसँग भने। भट्टराईसहित सचेतक शान्ता चौधरी र खगराज अधिकारीले सभामुखसँग छलफल गरेका थिए।

‘हामीले सभामुखसँग अतिरिक्त माया खोजेको होइन, समान व्यवहार गर्नुहोस् भनेर स्मरण गरायौं,’ भट्टराईले भने, ‘उहाँको व्यवहार सभामुखको जस्तो भएन भन्ने हाम्रो भनाइ हो।’ सभामुख सापकोटाले आफूले निष्पक्ष र तटस्थ नै भूमिका निर्वाह गरिरहेको जवाफ दिएका थिए।

छलफलमा सहभागी कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शीर्ष तहमै संसद् खुलाउनेबारे छलफल गर्न सभामुख सापकोटालाई सुझाएका थिए। एमालेका नेताहरूसँग सहमति नजुटेपछि सापकोटाले सोमबार शीर्ष नेताको बैठक बोलाएका छन्।

सोमबार दिउँसो २ ःप्३० मा प्रमुख दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*