राक्सिराङमा चलचित्र ‘अस्तित्वको लडाई’ को शुभसाइत

बाइलाइन नेपाल
२६ भाद्र २०७८, शनिबार ०७:४०

चलचित्र ‘अस्तित्वको लडाई’को शुभसाइत गरिएको छ । मकवानपुर जिल्लाको चैनपुर राक्सिराङ भन्ने ठाउँमा चलचित्रको शुभसाइत गरिएको हो । गोबिन्द गौतमले यो चलचित्रको निर्देशन गर्दैछन् । चलचित्रको कथा पनि गौतमले नै लेखेका हुन् । यो चलचित्रले चेपाङ्ग समुदायको कथा भन्नेछ ।

चलचित्रको छायांकन तिहारपछि सुरु हुने कार्यकारी निर्माता सुवास काफ्लेले जानकारी दिए । सरिता ढुंगाना निर्माता रहेको यो चलचित्रलाई चेपाङ्ग समाजले निर्माण गर्न लागेको हो । यो चलचित्रमा प्रशान्त तामाङ, सुनिल थापा, सम्पदा बाँनियाको मुख्य भूमिका रहने बताइएको छ ।

अन्य केही कलाकारको छनोट कार्य भने जारी रहेको एसोसियट निर्देशक रामशरण कोइरालाले जानकारी दिए । चलचित्रमा रोशन श्रेष्ठको एक्सन रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*