कुशेऔंसी विशेषमा तीन जनाको कविता उत्कृष्ट
हेटौंडा । आँचल साहित्य कला पुञ्जले कुशेऔंसीको अवसरमा आज आयोजना गरेको कविता प्रतियोगितामा तीन जना उत्कृष्ट भएका छन् ।
कुशेऔसी तथा पितृ सम्मान दिवस विशेषको अवसरमा भर्चुअल माध्ययमबाट आयोजना गरिएको कविता प्रतियोगितामा प्रसिद्धिका लम्साल, रोशनी चौलागाईं, सुविन रिमालको कविता उत्कृष्ट तीनमा पर्न सफल भएको हो ।
कविता प्रतियोगितामा १५ जनाले सहभागिता जनाएका थिए । ती मध्येबाट ३ जना उत्कृष्ट चयन गरिएको आँचलले जनाएको छ । प्रतियोगिताको निर्णायकमा कवि सुवास खनाल र शान्तिप्रिय वन्दना रहेका थिए । उत्कृष्ट तीनजनालाई जनही एक हजार पाँचसय नगदसहित प्रमाणपत्र उपलब्ध गराईने सचिव भावना सापकोटाले जानकारी दिइन् । प्रतियोगिता आयोजना गर्न हेटौंडा स्कुल अफ म्यानेजमेन्टले सहयोग गरेको थियो ।
आँचलकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बढ्र्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजाल रहेका थिए । कार्यक्रममा आँचलकी संस्थापक अध्यक्ष मुना अर्याल, पूर्णकला घिमिरे, निरा शर्मा, सविता तिमल्सिनालगायतको सहभागिता रहेको थियो ।
यसैगरी आँचल साहित्य कला पुञ्ज मकवानपुरले हरेक वर्ष मनाउँदै आइरहेको सचेतनामूलक तीज विशेष कार्यक्रम यस पटक भर्चुअल माध्ययमबाट सञ्चालन गरेको छ । यसवर्ष आँचलले तीज र। स्वास्थ्य सम्वन्धमा अन्र्तक्रिया गरेर सोमबार तीज विशेष कार्यक्रम आयोजना गरेको हो ।

वरिष्ठ स्वास्थ्यकर्मी डाक्टर अरुणा उप्रेतीको प्रमुख आतिथ्यता तथा हेटौँडा अस्पतालका डाक्टर सुजाता पन्तको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा हालको नेपाली खानपान र त्यसले व्यक्तिको जीवनमा पार्ने असरको विषयमा चर्चा परिचर्चा भएको थियो ।
व्रत बस्दा हाम्रो स्वास्थलाई फाइदा पुग्ने भएता पनि निरआहार ब्रत बस्दा शरीरमा ग्लुकोजको मात्रा कमी हुने ह्ँदा त्यसप्रति ध्यान दिन डा. सुजाता पन्तले सुझाव दिएकी थिइन् ।
नेपाली समाजमा परम्परागत रुपमा प्राप्त ज्ञानहरू बढी प्रभावकारी रहेको हुँदा त्यसैको सिको अहिलेको समाजले पनि गर्नु राम्रो भएको बताउँदै हाम्रो भान्सामा प्राप्त हुने खाना नै हाम्रो स्वास्थ्यको लागि प्रभावकारी हुने हुँदा आफ्ना बालबालिकालाई बजारमा पाइने जङ्क फुड खानबाट बचाउनुपर्ने डा. अरुणा उप्रेतीले बताइन् ।

बाइलाइन नेपाल











