अखिल क्रातिकारी स्वयमसेवकको अध्यक्षमा बसेल
हेटौंडा । अखिल क्रान्तिकारी विद्यार्थीे स्वयमसेवक कमिटी मकवानपुरको पहिलो जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । सम्मेलनले अनिल बसेलको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा निर्मल तिमल्सिना र सुमन कार्की सचिव देवराज घिमिरे, सहसचिव धिरज राउत, कोषाध्यक्ष अंकुश सिंह चयन भएका छन् ।
यस्तै सदस्यमा विनय चौधरी, कम्पन गोले, सुरज श्रेष्ठ, प्रविन सुवेदी, निपेश बानियाँ, निर्जल तिमल्सिना, सविन चौलागार्इं, कोशिस चौलागाईं कुञ्जन चौधरी, सन्दीप चौधरी, सुमन श्रेष्ठ, सुरज लोप्चन,,अनिल मोक्तान, रितेश सिंह, सुरज ओली, प्रयास दंगाललगायत रहेका छन् ।
कमिटीका अध्यक्ष बुद्धराज अर्यालको सभाध्यक्षमा भएको सम्मेलनको प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज दिनेश सुवेदी रहेका थिए ।

कार्यक्रममा अखिल क्रान्तिकारीका जिल्ला संयोजक आकाश पाख्रिन, नगरका निवर्तमान अध्यक्ष स्रग्राम बल लामा, नगर अध्यक्ष झलक छत्कुली, अखिल क्रान्तिकारीका भीमफेदी गाउँपालिका विभागिय प्रमुख छोइसाङ लामा, वागमती गाउँपालिका प्रतिनिधि निकाश लामा, वाईसिएलका नेता सुरेन्द्र लामा, संगठनको मकवानपुर–तराई सम्पर्क मञ्चका संयोजक मधु रञ्जनकुमार साहलगायतको आतिथ्यता रहेको थियो ।

बाइलाइन नेपाल











