मकवानपुरमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३९

बाइलाइन नेपाल
१० श्रावण २०७८, आईतवार १६:०६

हेटौंडा । कोरोना भाइरसको संक्रमणबाट हालसम्म मकवानपुरमा १३९ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार कोरोनाको पहिलो र दोस्रो कहरको आजसम्ममा १३९ जनाले ज्यान गुमाएका हुन् ।

हेटौंडा उपमहानगरपालिका भित्रका ९९ जना व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मनहरी गाउँपालिकाका १० जना, थाहा नगरपालिकाका ९ जना, मकवानपुरगढी गाउँपालिका र भीमफेदी गाउँपालिकाका ५/५ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै बागमती गाउँपालिका र बकैया गाउँपालिकाका ४/४ जना, राक्सिराङ गाउँपालिकाका २ जना र कैलाश गाउँपालिकाका एक जनाको पनि संक्रमणबाट मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*