मकवानपुरमा लक्ष्यभन्दा बढी राजस्व संकलन

बाइलाइन नेपाल
९ श्रावण २०७८, शनिबार ०८:०६

आन्तरिक राजस्व कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७७/७८ मा ५ अर्ब ५२ करोड ८२ लाख ४८ हजार राजस्व संकलन गरेको छ । कार्यालयले अघिल्लो आव २०७६/७७ को तुलनामा गत आवमा बढी राजस्व संकलन समेत गरेको बताइएको छ ।

आव २०७६/७७ मा ४ अर्ब ७८ करोड ७३ लाख ४० हजार राजस्व संकलन भएको थियो । कार्यालयले लक्ष्यको तुलनामा बढी राजस्व संकलन गरेको कार्यालय प्रमुख शालिकराम आर्चायले जानकारी दिए ।

कार्यालयले गत आव २०७७/७८ मा रु पाँच अर्ब ३९ करोड ९४ लाख ७३ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा त्योभन्दा बढी ५ अर्ब ५२ करोड ८२ लाख ४८ रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।

कोरोना प्रभावले सबै क्षेत्र समस्यामा हुँदा पनि लक्ष्यभन्दा बढी राजस्व संकलन भएकाले कार्य सन्तोषजनक रहेको प्रमुख आचार्यले बताए ।

आव २०७७/७८ को साउनदेखि असार मसान्तसम्ममा आयकरतर्फ ९५ करोड ९१ लाख ३८ हजार लक्ष्य रहेकोमा १ अर्ब ९ करोड ५२ लाख ८३ हजार, बहाल करतर्फ ३ करोड १९ लाख ६३ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा २ करोड ६१ लाख १८ हजार तथा ब्याजकरतर्फ २ करोड ६१ लाख १८ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ४ करोड ७ हजार संकलन भएको थियो ।

मूल्य अभिवृद्धिकरतर्फ ९१ करोड ५४ लाख ७९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा १ अर्ब ३२ करोड ३० लाख ७५ हजार संकलन भएको बताइएको छ ।

यसैगरी अन्तः शुल्कतर्फ ३ अर्ब १४ करोड ५४ लाख ६९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा २ अर्ब ८६ करोड ९० लाख २१ हजार संकलन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*