चितवन निकुञ्जमा भाले गैंडा मृत फेला
चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीवार अन्दाजी २५–३० वर्षको भाले गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार २ वटा भाले गैंडा एकआपसमा जुधेर घटना भएको निकुञ्जको अनुमान छ ।
मृत्यु भएको गैंडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए । यससँगै चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्ष २०७८/७९ मा ३ वटा भाले गैंडाको मृत्यु भएको छ ।

बाइलाइन नेपाल











