आज सार्वजनिक बिदा, बकर इद मनाइदैं
सरकारले आज सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
बकर इद मुस्लिम समुदायको दोस्रो ठूलो पर्व हो । बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसेर नमाज पढेर चौपायालाई कुर्वानी दिई मनाउँदैछन् ।
आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन् ।
नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायालाई कुर्वानी दिने परम्परा छ ।
कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ ।

बाइलाइन नेपाल











