लामो दूरीको यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस

बाइलाइन नेपाल
२ श्रावण २०७८, शनिबार १८:२३

कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)ले सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

संक्रमणको परिस्थिती हेरेर लामो रुटमा चल्ने अन्तर–जिल्ला यातायातलाई खुलाउन शुक्रबार सुझावसहित सिफारिस गरिएको सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले बताए ।

‘संक्रमणको परिस्थिती हेरेर तत्कालका लागि सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन सिफारिस गरेका छौं’ प्रवक्ता खतिवडाले भने, ‘केही सर्तसहित खुलाउन भनेका छौं ।’

संक्रमण बढ्ने परिस्थिती आए पुनः यातायात बन्द गर्न सकिने भएपनि तत्कालका लागि खुलाउन भनिएको उनले जनाए । लामो दूरीको यातायात खुलाउँदा अन्तर–जिल्ला सहजीकरण गर्नुपर्ने भएकाले मन्त्रिपरिषद्ले नै अनुमति दिनुपर्ने उनको भनाई छ ।

अब बस्ने मन्त्रिपरिषद बैठकमा लामो दूरीको सार्वजनिक यातायात खुलाउनेबारे निर्णय हुन सक्ने उनले जनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*