२० वर्षपछि फेरि यश कुमारको ‘तिम्रो मन बदलिएछ…’(भिडिओसहित)

बाइलाइन नेपाल
१ श्रावण २०७८, शुक्रबार १८:३८

२ दशक अगाडि । गायक यश कुमारका गीतले बजार तताइरहेको बेला थियो । क्यासेटमा गीत सुन्ने प्रचलन । सोही समयमा यश कुमारको स्वरमा सार्वजनिक भयो, ‘तिम्रो मन बदलिएछ’ । अहिले जस्तो डिजिटल प्रविधीको यूग थिएन । तर, यो गीतले हरेक श्रोताको मन जित्यो ।

२ दशकपछिको समयमा गीतलाई भन्नै शैली बदलियो । प्रविधीले नयाँ मोड लिएको छ । तर, ‘तिम्रो मन बदलिएछ’को लोकप्रियता बदलिएको छैन । यश कुमारको जीवनमा नयाँ मोड आइसकेको छ । तर, यो गीतले बोकेको मिठासमा कुनै मोड आएको छैन । श्रोता बदलिए, प्रविधी बदलियो तर गीत उस्तै कर्णप्रिय छ ।

यश कुमारले २० बर्ष अगाडि यो गीतमा सपना श्रीसँग जोडी बाँधेर दर्शकको मुटु हल्लाइदिएका थिए । २ दशकपछि फेरि उनै यश कुमारले यो गीतलाई नयाँ स्वरुपमा दर्शकमाझ ल्याएका छन् । गीतमा यश कुमारकै शब्द तथा संगीत छ । यसपटक मिलन नेवारले उनलाई साथ दिएकी छिन् ।

निकेश खड्काको निर्देशनमा तयार गीतको भिडियोमा सागर लम्साल ‘बले’, प्रिज्मा र प्रिन्सी खतिवडाले अभिनय गरेका छन् । गीतको भाव अनुसार त्रिकोणात्मक प्रेम कथामा भिडियो निर्माण भएको छ ।

कलाकार सागरको चाहना अनुसार यो गीतलाई नयाँ स्वरुपमा प्रस्तुत गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । गायक यशले भने,–‘सागर भाईलाई म्युजिक भिडियोको अफर धेरै छन् । तर, मानसिक रुपमा पनि, सिर्जनात्मक रुपमा पनि खुसी हुन सक्ने गीतको आवश्यक छ भनेपछि भाईले सूची बनाएका गीतबाट यस गीत छनोट गरिएको हो ।’ -अनलाइनखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*