सत्तापक्षीय सांसदको बहिस्कार पछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बाइलाइन नेपाल
३१ असार २०७८, बिहीबार १९:३९

लुम्बिनी प्रदेशसभाको बैठक सूचना टाँस गरेर भोलि शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । बजेट निर्णयार्थ पेश गर्ने बेला सत्तापक्षीय सांसदले नै बैठक बहिस्कार गरेपछि आधा घण्टाको लागि बैठक स्थगित भएको थियो ।

सभामुख पूर्णबहादुर घर्तीको विशेष निर्देशन अनुसार भोलि शुक्रवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरिएको छ ।

प्रदेशसभा संसदमा ‘अल्पमत’मा परेर बजेट पारित हुन नसक्ने अवस्था देखिएपछि लुम्बिनी प्रदेश सरकार अध्यादेशमार्फत बजेट ल्याउनेबारे छलफलमा जुटेको छ ।

बजेटमाथिको छलफल सकिएलगत्तै निर्णयार्थ पेश हुने बेला प्रदेशसभा बैठक बहिष्कार गरेको सत्तापक्ष एमालेले प्रदेश प्रमुखमार्फत चालू संसद अन्त्य गराएर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गर्दैछ ।

एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले  भने, ‘हामी संसद बहिष्कार गरेर हिँडेको होइन । अझै छलफलको समय नपाएपछि बाहिरिएको हो । अब सरकार अध्यादेशबाट बजेट ल्याउन सक्छ ।’ विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेकाले बजेट निर्णयार्थ पेश हुन नदिइएको बताए ।

प्रदेश सभामा लामो समयदेखि सरकार अल्पमतमा छ कि बहुमतमा छ भन्ने विवाद चलिरहेको छ । विपक्षी दलहरूले बजेट छलफल अगाडि नै यसको निर्क्यौल गर्नुपर्ने मत राख्दै आएका छन् । त्यसका लागि सत्तारुढ दल एमाले तयार नभएपछि नभए पनि विपक्षी दल बजेटमाथिको सैद्धान्तिक छलफलमा तयार भएका थिए ।

बजेटमाथिको सैद्धान्तिक छलफलपछि मुख्यमन्त्री र मन्त्रीहरूले समेत बैठकलाई सम्बोधन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*