वाग्मती प्रदेशसभा बैठक आज बस्ने
हेटौंडा । वाग्मती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । हिजो दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका थिए ।
उनले आज २७ गते दिनको ११ः३० बजे बैठक आह्वान गरिएको जानकारी दिए । प्रदेश सरकारले आगामी आव ०७८÷०७९ का लागि ल्याएको बजेटमा असन्तुलन रहेको, सरकारले संचारगृह चलाउन लागेको, विना पूर्वाधार विद्युतीय सवारी खरिच गर्न लागेको जस्ता विषयको विरोधमा प्रतिपक्षी दलहरुले बैठक अवरुद्ध गर्दै आएका छन् ।

बाइलाइन नेपाल











