वाग्मती प्रदेशमा आज भारी वर्षा

बाइलाइन नेपाल
२७ असार २०७८, आईतवार ०८:१२

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पाँचवटा प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १, वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको विभागले नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन,यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

शनिबार काठमाडौं उपत्यकामा भएको भारी वर्षाका कारण विभिन्न ठाउँमा डुबान भएको थियो भने सवारी आवगमनमा समस्या भएको थियो । धोवी खोला किनारका कतिपय घरमा पानी पसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*