फोरम लोकतान्त्रिक भन्दै काँग्रेस मकवानपुरले क्रियाशील सदस्यता दिएकोमा आपत्ती(नामावलीसहित)

बाइलाइन नेपाल
२६ असार २०७८, शनिबार १७:१२

हेटौंड । नयाँ नेतृत्व चयनको प्रक्रियामा रहेको नेपाली काँग्रेसमा अहिले क्रियाशील सदस्यताको विवाद केन्द्रदेखि जिल्लासम्म रहेको छ । जुन समस्या समाधान गर्न काँग्रेसले कार्यदल नै निर्माण गरेर काम गरिरहेको छ ।

यसैक्रममा काँग्रेस मकवानपुरमा पनि क्रियाशील सदस्यता प्रदान विवाद सुरु भएको छ । काँग्रेसमै रहेका र अन्य पार्टीबाट काँग्रेस प्रवेश गरेकाहरुलाई तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल ( लोकतान्त्रिक) पार्टी समयोजन गर्दा आएको भन्दै क्रियाशील सदस्यता दिएपछि विवद सुरु भएको हो ।

तत्कालिन फोरम लोकतान्त्रिका जिल्ला अध्यक्ष हरिकृष्ण मैनालीले आज ध्यानाकर्षण पत्र मार्फत् काँग्रेस मकवानपुरले २१ जना फोरम लोकतान्त्रिक पार्टी समायोजनका क्रममा आएकाहरुलाई क्रियाशील सदस्यता दिएको भन्ने कुरा गलत रहेको बताएका छन् ।

ध्यानकर्षण पत्रमा काँग्रेससँग पार्टी समायोजनका क्रममा मकवानपुरबाट तत्कालिन फोरम लोकतान्त्रिकको कोही पनि नगएको उल्लेख गरिएको छ । आफ्नो पार्टीबाट समायोजनमा कोही पनि नगएको अवस्थामा २१ जनालाई तत्कालिन फोरम लोकतान्त्रिकबाट आएको भन्दै क्रियाशिल सदस्यता दिएको आपत्ती व्यक्त गरिएको छ । अहिले क्रियाशिल सदस्यता पाएकाहरु नेपाली काँग्रेसकै कार्यकता, एमालेलगायतका दलबाट प्रवेश गरेकाहरु रहेको दाबी तत्कालिन फोरम लोकतान्त्रिकको रहेको छ ।

काँग्रेसले फोरम लोकतान्त्रिक पार्टीबाट समायोजनमा आएको भन्दै क्रियाशिल सदस्यता दिएका २१ जना विगतमा पार्टीको कुनैपनि तह र तप्कामा नरहेको उल्लेख छ । क्रियाशिल सदस्यता पाएका मिलन पुडासैनी काँग्रेस मकवानपुर सभापति ईन्द्र बानियाँका सहयोगी रहेको जनाइएको छ । उनि विद्यार्थी राजनीतिदेखि काँग्रेसमा आवद्ध भएपनि क्रियाशिल सदस्यता दिँदा तत्कालिन फोरम लोकतान्त्रिकबाट समायोजनमा आएको भन्दै दिइएको जनाइएको छ । ध्यानाकर्षण पत्रमा सुनिल अधिकारी, मिठाराम दाहाल, प्रकाश बर्तौला, निरप्रसाद नेपाल, चेतकुमारी न्यौपानेसहित २१ जनाको नाम उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*