हेटौंडा अस्पतालमा सबै सेवा नियमित सञ्चालन

बाइलाइन नेपाल
२३ असार २०७८, बुधबार ०७:०९

कोरोना संक्रमितको उपचारका लागि कोभिड अस्पतालका रूपमा रूपान्तरण गरेसँगै अन्य सेवा बन्द रहेको बागमती प्रदेशको राजधानी हेटौंडास्थित हेटौंडा अस्पतालमा अब नियमित अन्य सेवा सञ्चालन हुने भएको छ ।

कोभिड अस्पतालका कारण आंशिकरूपमा बन्द रहेका सम्पूर्ण सेवा असार २४ गते बिहीबारबाट सञ्चालन गर्न लागिएको अस्पतालले जानकारी दिएको हो ।

अस्पतालले तत्काल जनरल आईसीयू सेवा बाहेकका अन्य सेवा सञ्चालन गर्न लागेको छ । अझै पनि कोरोना संक्रमितको उपचारका लागि आईसीयू सेवा प्रयोगमा आइरहेकाले अन्यका हकमा आईसीयू सेवा तत्काल उपलब्ध नहुने अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*