पहिलो मात्रा कोभिसिल्ड खोप लगाएकाले दोस्रो मात्रा भेरोसेल लगाउन मिल्छ ?

बाइलाइन नेपाल
१८ असार २०७८, शुक्रबार ०७:३०
फाइल तस्वीर

पहिलो मात्रा कोभिसिल्ड खोप लगाएकाले दोस्रो मात्रा भेरोसेल खोप लगाउन नमिल्ने सरकारले स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा फरक–फरक खोप लगाउँदा अझ प्रभावकारी हुन्छ भनेर चर्चा भइरहेका बेला सरकारले यस्तो बताएको हो ।

“फरक–फरक खोप लगाउँदा त्यसको असर के हुन्छ भनेर अध्ययन भइरहे पनि आजसम्म ठोस निष्कर्ष निस्किएको छैन । यदि फरक– फरक खोप लगाउँदा अझ राम्रो हुने भएमा सरकारले आधिकारिक रूपमा अवगत गराउँछ,” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ, “त्यसैले कुनै पनि अफवाहको पछि नलागी हाललाई पहिलो मात्रा जुन खोप लगाएको हो दोस्रो मात्रा पनि सोही खोप नै लगाउनु पर्दछ ।”

पुनः खोप लगाउन पाइन्छ कि पाइँदैन पाएका बेला फरक–फरक खोप भए पनि लगाइहाल्नु पर्छ भन्ने सोच त्याग्न मन्त्रालयले आग्रह पनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*