सरकारले ६ देशमा हवाई उडान सुचारु गर्ने

बाइलाइन नेपाल
३ असार २०७८, बिहीबार ०८:०९

सरकारले नेपाली श्रमिक अधिक संख्यामा रहेका मुलुकको हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति अबेरसम्म बसेको सीसीएमसीको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसियाका लागि हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको हो ।

यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन् ।बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*