युरोकपमा वेल्सको पहिलो जित

बाइलाइन नेपाल
३ असार २०७८, बिहीबार ०८:००

काठमाडौं । वेल्सले युरोकप फुटबल अन्तर्गत पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा वेल्सले टर्कीमाथि २–० गोल अन्तरले जित निकालेको हो ।

बाकु ओलम्पिक स्टेडियममा भएको खेलमा वेल्सलार्य जित दिलाउन अरोन राम्से र कोरोना रोबेर्टसले एक–एक गोल गरे ।

खेलको ४२ औँ मिनेटमा राम्सेले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एका गोल गरेको वेल्सले दोस्रो हाफमा थप एक गोल गरेको हो । खेलको इन्ज्युरी समयमा रोबेर्टले गोल गर्दै वेल्सलाई पहिलो जित दिलाए ।

जितसँगै वेल्सले समूह ‘ए’ मा दुई खेलबाट ४ अंक जोडेको छ । वेल्स तालिकाको शीर्ष स्थानमा छ । वेल्सले पहिलो खेलमा स्विजरल्यान्डसँग बराबरी खेलेको थियो ।

यता टर्कीले भने लगातार दुई खेलमा हार बेहाेरेकाे छ । टर्की अंक विहीन हुँदै तालिकाको पुछारमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*