फिनल्यान्डमाथि रुसको जित

बाइलाइन नेपाल
३ असार २०७८, बिहीबार ०७:५८

काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा रुसले पहिलो जित निकालेको छ । पहिलो खेलमा बेल्जियमसँग पराजित भएको रुसे दोस्रो खेलमा जित निकाल्न सफल भएको हो ।

बुधबार भएको दोस्रा खेलमा रुसले जित निकालेको हो । समूह चरणको दोस्रो खेलमा रुसले फिनल्यान्डलाई १–० गोल अन्तरले पराजित गरेको हो ।सेन्ट पिटर्सवर्ग स्टेडियममा रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले निर्णायक गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा मिरानचुकले निर्णायक गोल गरे । खेलको चौँथो मिनेटमा फिनल्यान्डका जोएल पोहजनपालोले गोल गरेपनि भीएआरले अफसाइड देखाएको थियो ।

जितसँगै समूह ‘बी’ को रुसले २ खेलमा ३ अंक जोडेको छ । रुस तालिकाको दोस्रो स्थानमा रहेको छ । फिनल्यान्डको यो पहिलो हार हो । फिनल्यान्डको पनि ३ अंक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*