रोनाल्डोले तीन महत्वपूर्ण रेकर्ड बनाउँदा पोर्चुलगलको सुखद सुरुवात

बाइलाइन नेपाल
२ असार २०७८, बुधबार ०८:३४

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले तीन महत्वपूर्ण रेकर्ड बनाउँदा युरोकप फुटबलको १६ औँ सस्करणमा साविकको विजेता टोली पोर्चुगलले जित निकालेको छ ।मंगलबार राति भएको खेलमा पोर्चुगलले हंगेरीलाई ३–० गोल अन्तरले हराएको हो ।

पुस्कास एरिनामा भएको खेलमा पोर्चुगललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यस्तै राफेल जुरेरियोले एक गोल गरे ।पहिलो हाफ गोलरहित बराबरी खेलेको पोर्चुगलले दोस्रो हाफमा तीन गोल गरेको हो ।

पोर्चुगलले तीन मिनेटको फरकमा तीन गोल गर्न सफल भएको हो । खेलको ८४ औँ मिनेटमा राफेलले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

८७ औँ मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै टिमको अग्रता दोब्बर पारे । खेलको इन्यूरी समयमा रोनाल्डोले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० गोलको जित दिलाए ।

रोनाल्डोको यो गोलसँगै उनी युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले हालसम्म युरोकपमा ११ गोल गरेका छन् ।

त्यस्तै उनी युरोकप फुटबलमा पाँच मुख्य प्रतियोगितामा सहभागिता बनाउने खेलाडीको रेकर्ड पनि बनाएका छन् । उनी युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन् । उनले हालसम्म ११ गोल गरिसकेका छन् ।

जितसँगै पोर्चुगलले समूह एफमा १ खेलबाट तीन अंक जोडेको छ । पोर्चुगल समूहको शीर्ष स्थानमा छ । यता हंगेरीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*