जर्मनीमाथि फ्रान्सको जित

बाइलाइन नेपाल
२ असार २०७८, बुधबार ०८:३२

युरोकप फुटबलमा फ्रान्सले विजयी सरुवात गरेको छ । मंगलबार राति भएको खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको हो ।एलिजान एरिनामा जर्मनीका माट्स हुमेल्सको आत्मघाती गोलमा फ्रान्सले जित निकाल्यो ।

खेलको २० औँ मिनेटमा माट्सले पोस्टमा आएको बल लेफ्ट साइडमा बचाउ गर्न खोज्दा बल गोलमा परिणत भएको थियो ।जितसगै फ्रान्सले समूह एफमा ३ अंक जोडेको छ । जर्मनीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*