हेटौंडा अस्पतालमा ४ संक्रमितको ज्यान गयो
हेटौंडा अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको आइसियू कक्षमा उपचारका क्रममा हेटौंडाका ३ जनासहित बारा जिल्ला घर भएका एक महिलाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।
मृत्यु हुनेमा बाराकी ७५ वर्षीय एक महिला, हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ४ का ५४ वर्षीय एक पुरुष रहेका छन् । दुवैजनाको सोमबार मृत्यु भएको जनाइएको छ । त्यस्तै हेटौंडा–३ का ७२ वर्षका एक पुरुष र अर्का एक पुरुषको मंगलबार मुत्यु भएको हो ।
केही दिन अघि संक्रमण पुष्टि भएका उनीहरुको हेटौंडा अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको थियो । योसँगै हेटौंडा अस्पतालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

बाइलाइन नेपाल











