मकवानपुरमा संक्रमितको संख्या उकालो लाग्दै,आज थपिए २०५ जना

बाइलाइन नेपाल
४ जेष्ठ २०७८, मंगलवार १४:११
हेटौंडा–४ स्कुलरोडमा मंगलबार बिहान देखिएको सर्वसाधारणको भिड ।

हेटौंडा । मकवानपुरमा आज २०५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा जेठ १ र २ गते संकलन गरिएको ३७४ जनाको स्वाब परीक्षण गर्दा २०५ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिएका छन् ।

तथ्याङ्क अनुसार आज सबैभन्दा धेरै हेटौंडा–४ मा ३२ जना, हेटौंडा–५ र २६ मा हेटौंडा–११ र १६, हेटौंडा–१० मा १४ जना संक्रमित फेला परेका छन् । यसबाहेक मकवानपुरगढी, मनहरी, भीमफेदी गाउँपालिकामा पनि संक्रमित फेला परेका छन् । बारा र अन्य जिल्लाका पनि संक्रमित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*