बारामा नाबालक दाजुभाइको घाँटी रेटेर हत्या

बाइलाइन नेपाल
४ जेष्ठ २०७८, मंगलवार ११:४६

बारामा दुई नाबालक दाजुभाइको घाँटी रेटेर हत्या भएको छ । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा उनीहरुको शव फेला परेको छ ।

९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव आज बिहान भेटिएको हो । प्रहरीका अनुसार उनीहरु दुवैजना सहोदर दाजुभाइ हुन् ।

प्रदेश –२ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार उनीहरु हिजो दिउँसोबाट हराएका थिए । साँझ उनीहरुको खोजीसमेत गरिएको थियो । उनका बुबा वैदेशिक रोजगारीका लागि कतारमा छन् ।

डीआईजी सिंहले भने, “हत्याको कारणबारे अनुसन्धान सुरु गरेका छौं । पारिवारिक वा अन्य के कारण हो खोज्दैछौं । अहिले यसै भन्न सकिन्न ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*