मकवानपुरको ट्राफिक व्यवस्थापनमा प्रदेश सरकारको चासो
मकवानपुर जिल्लाको ट्राफिक व्यवस्थापनका लागि बागमती प्रदेश सरकारले करिब ५ लाख रुपैयाँ बराबरका विभिन्न उपकरण तथा सामग्रीहरु हस्तान्तरण गरेको छ ।
प्रदेश सरकार भौतिक पुर्वाधार, विकास मन्त्रालयमार्फत् यातायात व्यवस्था सेवा कार्यालय, हेटौंडाका कार्यालय प्रमुखले बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुखलाई संयुक्त रुपमा सोमबार उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण गरिएका उपकरण तथा सामग्रीहरुमा २ थान ब्रेथलाइजर विथ प्रिन्टर, १० थान म्याजिक लाईट, १० थान व्हील लकर, ३८ थान फ्लोरोसेण्ट ज्याकेट, १ थान चेकिंग बोर्ड विथ व्हील ९मेटल० १ थान बोडी वोर्न क्यामेरा, २० थान पीभिसी कोन गरी ८ प्रकारका ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धी उपकरण तथा अन्य सामग्रीहरु रहेका छन् ।
बागमती प्रदेशको मकवानपुर र चितवनमा बढ्दो जनघनत्व, प्रमुख राजमार्गहरु तथा हेटौंडा बागमती प्रदेश राजधानी समेत भएको हुँदा ट्राफिक व्यवस्थापन सम्बन्धी विभिन्न किसिमका उपकरणहरु उपलब्ध गराइएको बताइएको छ ।

बाइलाइन नेपाल











