मकवानपुरमा आज १७२ जना कोरोना संक्रमित थपिए

संक्रमित दुई जनाको मृृत्यु
बाइलाइन नेपाल
३ जेष्ठ २०७८, सोमबार १७:४२
फाइल तस्वीर

हेटौंडा । मकवानपुरमा आज १७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय २६ जनामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप १७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

आज पुष्टि हुनेहरुमा सबैभन्दा धेरै १५२ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरि १० जना मनहरीका,५ जना भीफेदीका,थाहा र बागमतीका २र२ जना र राक्सिराङ गाउँपालिकाका एक जना रहेका छन् । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ६ हजार ७ सय १९ पुगेको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा जिल्लामा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुबै जना हेटौंडा उपमहानगरपलिकाका रहेका छन् । मृत्यु हुनेमा हेटौंडा ५ का ६५ वर्षीय पुरुष र हेटौंडा ४ का ५५ वर्षीय पुरुष रहेका छन् । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

मकवानपुरमा कोरोना जित्नेको संख्या बढ्दै गएको छ । आज पनि जिल्लामा थप ९६ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट ८७ जना र आइसोलेसनबाट ९ जना गरेर थप ९६ जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकपवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*