प्रदेशका सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न मुख्यमन्त्रीको निर्देशन

बाइलाइन नेपाल
३ जेष्ठ २०७८, सोमबार १३:३२
Bagmati Province, Dormani Poudel

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै जिल्लाका अस्पतालले कोभिड संक्रमित बिरामीको उपचारमा सहजीकरण गर्नुपर्ने बताएका छन्।

उपचार सेवामा सहजीकरणका लागि सबै अस्पताललाई छिट्टै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन मुख्यमन्त्रीले निर्देशन दिएका हुन्।

प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुखसँग भर्चुअल संवाद गर्दै मुख्यमन्त्री पौडेलले संक्रमित बिरामीलाई उपचार सेवा प्रदान गर्न स्थानीय प्रशासन र जिससका प्रमुखबीच समन्वय तथा सहकार्य हुनुपर्ने बताए।

अक्सिजन प्लान्टको जडान गर्न र अन्य आवश्यकीय व्यवस्थापन मिलाउन प्रदेश सरकारले बजेट विनियोजन गरिसकिएको बताउँदै उनले समुदायलाई आफ्नो व्यवहारलाई सुधार गरेर अनावश्यक भीडभाड नगर्न पनि स्थानीय निकायलाई जनशक्ति परिचालन गर्न आह्वानसमेत गरे।

भर्चुअल संवादमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रत्येक जिल्लाका गाउँटोलबीच जनचेतना फैलाउन र बिरामीलाई सम्भावपूर्ण व्यवहार गर्न स्थानीय निकायले घरदैलो अभियान सञ्चालन गर्न मन्त्रालयले नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरेको बताइन्।

संवादका क्रममा प्रदेशका समाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेल र प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले प्रदेश सरकारले १३ वटै जिल्लाको अस्पताललाई अहिले अक्सिजन सिलिन्डर उपलब्ध गराइँदै आएको र ती अस्पतालमा आवश्यकीय चिकित्सक स्वास्थ्यकर्मी र औषधि उपलब्ध गराइसकिएको बताए।

प्रदेश सरकारले १३ वटै जिल्लाका अस्पतालमा आईसीयू कक्ष र भेन्टिलेटर कक्षको व्यवस्थापन मिलाइएको समेत सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सेढाईंले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*