मकवानपुरमा आज १२७ जना कोरोना संक्रमित थपिए
हेटौंडा । मकवानपुरमा आज १२७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सार्वजनिक रिर्पोट अनुसार वैशाख ३०, ३१ र जेठ १ गते संकलन गरिएको १८६ स्वाब परीक्षण गर्दा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
तथ्याङ्क अनुसार आज सबैभन्दा धेरै हेटौंडा–५ मा २३ जना, हेटौंडा–४ र १४ मा हेटौंडा–२ र ८ मा १२÷१२, हेटौंडा–९ मा ११ जना संक्रमित फेला परेका छन् । यसबाहेक मकवानपुरगढी, मनहरी, भीमफेदी गाउँपालिकामा पनि संक्रमित फेला परेका छन् । बारा जिल्लाका ६ जना संक्रमित रहेका छन् ।


बाइलाइन नेपाल











