मकवानपुरमा मंगलबार ११६ जना संक्रमित थपिए

बाइलाइन नेपाल
२८ बैशाख २०७८, मंगलवार १६:०१

मकवानपुरमा मंगलबार थप १ सय १६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । कुल १ सय ८६ जनाको स्वाबको नमुना परीक्षण गर्दा ४५ जना महिला र ७१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।
संक्रमण पुष्टि हुनेमा बाहिरी जिल्लाका ३ जना रहेका छन् भने भीमफेदी गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका १ जना, बकैया गाउँपालिकाका १ जना, थाहा नगरपालिकाका ७ जना र हेटौंडा उपमहानगरपालिकाका १ सय ३ जना रहेका छन् ।

त्यस्तै संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का २५ र हेटौंडा–५ का १४ जना रहेका छन् ।

हेटौँडा–१ का १ जना, हेटौँडा–२ को ११ जना, हेटौँडा–६ को ५ जना, हेटौँडा–७ को ९ जना, हेटौँडा–८ को ६ जना, हेटौँडा–९ र १० को १०/ १० जना, हेटौँडा–११ र १२ को २/२ जना, हेटौँडा–१४ को ३ जना, हेटौँडा–१५ र १६ को १/१ जना र हेटौँडा–१७ को ३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा मकवानपुरमा कोरोना संक्रमण दर ६२ प्रतिशत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*