कोरोना संक्रमणले आज हेटौंडाका दुई जनाको मृत्यु

बाइलाइन नेपाल
२४ बैशाख २०७८, शुक्रबार १९:१७
फाइल फोटो

हेटौंडा । कोरोना संक्रमणको कारण हेटौंडाका दुई जनाको आज ज्यान गएको छ । हेटौंडा अस्पतालमा उपचाररत दुई जना संक्रमितको आज शुक्रबार साँझ मृत्यु भएको हेटौंडा अस्पताल कोभिड इन्चार्ज डाक्टर सागर काफ्लले जानकारी दिए।

कोरोना पुष्टि भई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षको भेन्टिलेटरमा उपचार गराइरहेका हेटौंडा–४ की ३७ वर्षीया एक महिलाको र हेटौंडा–७ का ४० बर्षीय एक पुरुषको मृत्यु भएको डाक्टर काफ्लले बताए ।

योसँगै कोरोना पुष्टि भई हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ९ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*